काठमाडौं । 'संरक्षण' निर्देशन गरेर चर्चा बटुलेका निर्देशक पुर्णेन्दु झाले निर्देशन गर्न लागेको दोस्रो सिनेमा 'चौका दाउ'को छायांकन सुरु गरिएको छ । बिहीवारदेखि छायांकन सुरु गरिएको सिनेमाको आज काठमाडौं स्थित सिटी सेन्टरको एक कपडा पसलमा सन्तोष पन्तले अभिनेत्री वर्ष रावतलाई सपिङ्ग गराउँदै थिए ।
यो दृष्य हेर्दा सजिलै अनुमान लगाउन सकिन्थो । एउटा बाबुले छोरीलाई सपिङ्ग गराउँदै छन् । तर यसो रहेनछ, त्यहाँ त एउटा प्रेमीले प्रमिकालाई सपिङ्ग गराई रहेका रहेछन । यो सिनेमामा कलाकार सन्तोष पन्त अभिनेत्री वर्षा रावतको प्रेमिको रुपमा देखिएका रहेछन् ।
यो बिषयमा वर्षासँग बुझ्दा अनले भनिन् हो उहाँ मेरो प्रेमीको रुपमा देखिनु भएको छ । उहाँ मात्रै होइन यो सिनेमामा मेरो चार जना प्रेमी छन् । कमेडी कथामा निर्माण हुने सिनेमालाई एक समयका चर्चित संगीतकार शम्भुजीत बास्कोटाले निर्माण गरिरहेका छन् । मनोज राज भण्डारी र सौर्यजीत बास्कोटाले समेत लगानी गरेकाछन् । 'चौका दाउ'मा वर्षा र सन्तोषका अलवा विल्सन विक्रम राई, रविन्द्र झा, तयैब शाह लगायतका कलाकारको अभिनय रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया