बुटवल । विवेकशील साझा पार्टीका प्रदेश संयोजकसहित एक दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा शनिबार बुटवलको पुष्पलालपार्कमा विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजकसहित नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शनमा संलग्न साझा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू र रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १२ जनालाई पक्राउ गरेको हो ।
बुटवलको ट्राफिकचोक सुरु भएको प्रदर्शन पुष्पलालपार्कमा पुग्दा प्रहरी ले हस्तक्षेप गर्नुका साथै ब्यानर खोलेको छ । प्रदर्शनमा ‘मोदीलाई स्वागत छ, तर हामीले नाकाबन्दी भुलेका छैनौँ’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेर विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया