मौसम पूर्वानुमान महाशाखाले भन्यो- ‘चिसोसँगै प्रदूषण बढ्दै छ सतर्क रहौँ’

लोकपथ
406
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।

यसै विषयमा कुराकानी गर्दै महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताए । उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रिबाट ८ डिग्री सेल्सियससम्म झरेको बताए । उनले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए ।

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘यो हप्ता दिन १० दिन भयो, खास गरी नेपालको विभिन्न स्थानको बिहानको र रातिको न्यूनतम तापक्रम (चिसिने क्रम) बढ्दै गएको देखिन्छ, हप्ता, १० दिनको कुरा हेर्दा न्यूनतम तापक्रम काठमाडौँको १६.१७ डिग्रीबाट घट्दै ९ डिग्रीसम्म गएको अवस्था छ, कात्तिक महिनामा नै यति चिसो हुँदै जाँदा विशेष गरेर रातिको आकाश खुल्ला अवस्थामा छ, दिनहरु पनि छोटो हुँदै जान्छ, त्यसैले आगामी दिनहरुमा चिसो पनि बढ्दै जान्छ, हामी जाडो याममा प्रवेश गर्दै र्छौं, यो क्रम बढ्दै जान्छ तर अहिले नै यतिसम्म चिसो जान्छ भनेर भन्न सकिँदैन, क्रमिक रुपमा जाडो बढ्दै जान्छ, हिजो आजको मोसम हेर्दा नेपालको केसमा हामीसँग भएको मौसम केन्द्रको तथ्यांक हेर्दा जुम्लामा माइनस वानसम्म पुगेको अवस्था छ, काठमाडौंमा ९ डिग्रीसम्म आएको अवस्था छ, त्यसले गर्दा अहिले नै माइनसमा जान्छ काठमाडौँमा भन्न सकिँदैन तर तापक्रम माइनस वा जिरोको आसपास जान सक्छ यो वर्ष, अझै जाडो आउने दिनहरु मंसिर, पुस, माघ महिना बाँकी नै छ, कात्तिकमै यत्तिको जाडो हुँदा यही क्रमले अलि जाडो हुने देखिन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदूषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य सहरहरुमा प्रदूषण बढ्न सक्ने बताए । उनले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायुमण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौँलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुरजस्ता सहरहरुमा आगामी दिनमा प्रदूषण बढ्ने बताए । वरिष्ठ मौसमविद् पौडेलले प्रदूषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिनेतर्फ लाग्नुपर्ने बताए । उनले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताए ।

‘भारतमा, चीनको बेइजिङमा पनि पोलुसन (प्रदूषण) बढ्दै गएको छ भन्ने कुराहरु आइरहेको छ, गत वर्ष पनि नेपालका काठमाडौँलगायत मुख्य सहरहरुमा जाडो याममा बढी तुवाँलो लागेको थियो, धुम्म भएको थियो, अत्याधिक प्रदूषित सहर भनिएको थियो, यो वर्ष पनि मौसमको भाषाले भन्दा वर्षा याम वा चैत्र, वैशाख, जेठ जस्तो ठूलो हावाहुरी, लामो समय पानी पर्ने हुँदैन, लामो समयसम्म पानी परेन, हावा चलेन भने प्रदूषण जमीन नजिकै वायुमण्डलको तल्लो तहमा थिग्रिएर बसेको हुन्छ, त्यसले गर्दा काठमाडौंलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, जनकपुर आगामी दिनमा पनि प्रदूषण हुन सक्ने सम्भावना छ, त्यसैले हामीले अहिलेबाट नै त्यसको तयारीका कुराहरु अपनाउनु पर्ने हुन्छ, लामो समय हिउँद र वर्षा याममा वर्षा भएन भने त्यस किसिमको प्रदूषण हुन्छ, तराईमा हुस्सु लाग्ने हुन्छ, चिसो लाग्ने सम्भावना माइनसमै जान्छ भनेर भन्न सकिँदैन, तर काठमाडौंको कुरा गर्दा चिसो जिरोकै आसपासमा हुन्छ, त्यसैले जाडो यामलाई मध्यनजर गर्दै त्यहीअनुसार तयारीका कुराहरु व्यवस्थित गर्नुपर्छ, स्थानीय निकाय, प्रदेश, सेन्ट्रल गभर्मेन्ट, सबै मिलेर बढी चिसोबाट जनधनको क्षति नहोस् तयारीका कुराहरु अहिलेबाटै अपनाउनु पर्छ, विशेष गरेर गर्मी याममा भन्दा जाडो याममा प्रदूषण बढी हुन्छ, वायुमण्डल स्थिर भएर बसेको हुन्छ, त्यसले गर्दा जति पनि प्रदूषणहरु हुन्छ, हाम्रो भेकल, गाडीहरुबाट जाने, उद्योगहरुबाट जाने प्रदूषणहरु वायुमण्डलको माथि आकाशमा उड्न सक्दैन, वायुमण्डलको तल्लो स्तरमा बसेको हुन्छ, त्यही लेयरबाट हामी श्वासप्रश्वास गर्छौं, त्यस्तोबेलामा आँखा पिरो हुने, धमिलो हुने,कतिपय स्थानमा दिउँसै अँध्यारोजस्तो हुने, जाडो याममा लामो खडेरी भयो भने त्यस्तो खालको गतिविधि हुन्छ, यस्तो बेलामा वायुमण्डल स्थिर हुन्छ, त्यसैले के पनि भनिन्छ भने जाडो याममा मर्निङ वाक गर्न राम्रो मानिँदैन, बरु बन्द कोठामा योगा गर्नुपर्छ, जाडो याममा दिउँसोको तुलनामा बिहान र बेलुका बढी प्रदूषण हुन्छ, त्यसैले धेरै भीडभाड हुने शहरी क्षेत्रमा यस्तो खालको अवस्था हुनसक्छ, त्यसैले घरभित्रै बस्ने, मर्निङ वाकमा ननिस्किने, दिउँसो घाम लागेको बेलामा मात्रै बाहिर निस्किने, चिसोबाट बच्ने उपायहरु अपनाउने, बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउँदै जानुपर्ने हुन्छ ।’

वरिष्ठ मौसमविद् पौडेलले जाडो याममा बढी नै प्रदूषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?