काठमाडौं । विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने भएको छ ।
आज बसेको बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
उक्त बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिमण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए ।
गत कार्तिक ११ गते मख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पाण्डेले संविधान बमोजिम आज विश्वासको मत लिन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया