डायनासोरको कंकाल बिक्रीमा

एजेन्सी :लोप भइसकेको दुर्लभ प्रजातिको विशाल काय जन्तु डायनासोरको कंकाल बिक्री हुनेभएको छ ।

लाखौं युरोमा यसको बिक्री हुन सक्ने अपेक्षा गरिएको छ । यसको लिलामी अर्को महिना हुनेछ ।  

वैज्ञानिकहरूका अनुसार यो डायनासोर१५ करोड ५० लाख वर्ष पहिले जीवित थियो होला ।

यसको लिलामी पेरिसको एफिल टावरमा हुनेछ ।

कंकालको अकार ८.७ मिटर लामो र २.६ मिटर अग्लो र ७० प्रतिशत पूरा रहेको छ ।

यो कंकाल येमिंगबाट पाँच वर्ष अघि फेला पारिएको  थियो ।

४ जुनमा हुने २ दिने डाक लिलामबाट यसको बिक्री कार्य पूरा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?