पेरिस : ईस्लामिक स्टेटका लडाकु ठानिएका एक व्यक्तिले अन्धाधुन्द चक्कु आक्रमण गरि फ्रान्समा १ जनाको हत्या गरेको छ भने अन्य ४ जनालाई घाईते बनाएको छ ।
पेरिसको केन्द्रीय भागमा पछिल्लो आतंकवादी आक्रमण भएको फ्रान्सेली प्रहरीले जनाएको छ । ओपेरा हाउसमा लुकेको आक्रमणकारीलाई प्रहरीले गोली हानि मारिदिएका छन । आक्रमणकारीले आक्रमणका बेला इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको नाम लिएको बताएका छन ।
शनिबार रातीको घटना आफुले गराएको इस्लामिक स्टेटले दाबी गरेको छ । फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले आफ्नो देशले फेरि रक्तिम पीडा ब्यहोरेको, तर स्वतन्त्रताका दुस्मनहरुलाई एक ईन्च ठाउँ पनि नछाड्ने प्रतिक्रिया दिएका छन ।
आक्रमणपछि पनि सो आक्रमणकारी विभिन्न बार र रेस्टुरेन्टमा पस्न खोजेको, तर भित्र लुकेका व्यक्तिहरुले उसलाई रोकेका थिए । प्रहरीले उसलाई समात्न सामान्य हतियार प्रयोग गरेपनि उसले थप आतंक मच्चाउन खोजेपछि गोली हानि ढालिएको थियो । आक्रमणकारीको हालसम्म पहिचान भएका छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया