५१ औँ दिनमा ‘शत्रुगते’को सक्सेस पार्टी, प्राविधिकलाई बाँडियो वोनस

काठमाडौं । चैत्र ९ गतेबाट रिलीज भएको चलचित्र ’शत्रुगते’ले आफ्नो प्रर्दशनको ५१औँ दिन मनाएको छ । इमाडोल स्थित इन्द्रेणी व्याङकुइटमा आयोजित ५१ औँ दिने सेलीब्रेसन कार्यक्रमा निर्माण टिम, कलाकार र पत्रकारको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा निर्माण टिमले प्राविधिक तथा कलाकारलाई बोनस बाँढ्नुका साथै सिनेमालाई सहयोग गर्ने पत्रकारलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
 

 निर्माता तथा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफुले धेरै वर्षको मेहनतलाई दर्शकले मनपाराई दिएको भन्दै खुशी व्यक्त गरे । सिनेमा निर्माण देखि आजसम्म साथ दिने सहयोगी हातहरु र समाचार सम्प्रेषण गरेर सहयोग गर्ने सम्पूर्ण  मिडियाकर्मीलाई धन्यवाद दिए । योसँगै हरिवंश आचार्यले महसञ्चारबाट निर्माण हुने नयाँ सिनेमाको लागी अर्का हाँस्यकलाकार केदार घिमिरे र जीतु नेपाललाई अफर गरे ।


 आफ्नो सिनेमाले ५१ औँ दिनसम्म पुग्दा १२ लाख ग्रस व्यापार गरेको निर्देशक प्रदिप भट्टराईले बताए । मेरो पहिलो सिनेमा जात्रालाई जस्तै ’शत्रुगते’लाई दर्शकले मनपराएको भन्दै दर्शकलाई धन्यवाल दिँदै खुशी व्यक्त गरे । साथै आफ्नो आगामी सिनेमामा अझ धेरै मेहनत गर्दै जाने भन्दै दर्शकले मन पराउनेमा ढुक्क देखिए ।


 महसञ्चारको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई किरण केसीले निर्माण गरेका हुन् । सिनेमामा पल शाह, आँचल शर्मा, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?