पोल्यान्ड – चकलेट भनेपछि बच्चाहरु हुरुक्कै हुन्छन् । सबैलाई चकलेट उत्तिकै मन पर्छ । तर, सोच्नुस् कि, तपाई हाईवेमा जाँदै हुनुहुन्छ र अचानक चकलेटको बाटोभरी फैलिन्छ । शायद तपाईलाई सुन्दा खुशी लाग्न सक्छ तर केही छिनमा यही कुरा समस्या बन्न थाल्छ । बर्लिनको हाइवेमा पनि यस्तै समस्या उत्पन्न भएको छ ।
खासमा के भएको भने, बर्लिनबाट वारसा जाँदै गरेको एक ट्रक १२ टन झोल चकलेट लिएर जाँदै थियो । उक्त ट्यांकर एक डिभाइडरसँग ठोक्किएर लड्न पुग्यो । त्यसपछि ट्यांकरको ढक्कन खुल्यो र चकलेट बाटोमा छताछुल्ल भयो । हाइवेमा चकलेटले यति चिपचिप पारिदियो कि, कुनै गाडी पनि गुड्न सकेनन् ।
पछि दमकल अधिकारीहरु बाटो सफा गर्न आए । तर चकलेटलाई सफाई गर्न कैयौं घण्टा लाग्यो । चकलेटलाई सफा गर्न बरफ भन्दा पनि मुस्किल हुने उनीहरूले बताए । चकलेट सफा गर्न तेल र बरफ सफा गर्न भन्दा पनि गाह्रो भएको उनीहरूले बताए ।
चकलेट बाटैभरी पोखिएपछि यसको बासना कैयौं किलोमिटर परसम्म फैलिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया