पाकिस्तान- पाकिस्तानले इस्लामावादमा पाकिस्तानी नागरिकको ज्यान जानेगरी केही हप्ता पहिले भएको सडक दुर्घटनामा दोषी भनी आरोप लागेका अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हललाई देश छोड्नबाट रोक लगाएको छ ।
हलद्वारा चलाइएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्यु भएपछि पाकिस्तानी जनमानस अमेरिकाप्रति आक्रोशित बनेका छन् ।
हुन त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिवद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताएका थिए । पछि अमेरिकाले वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का गरेको थियो ।
विवाद चलिरहेका समय इस्लामावादस्थित अमेरिकी राजदूताबासका कर्मचारीले चलाएको गाडीको ठक्करबाट पाकिस्तानी मोटरसाइकल चालकको मृत्युभएपछि दुई देशबीचको सम्बन्धमा थप समस्या देखिएको हो ।
अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका हलले शनिबार पाकिस्तानको रावलपिण्डीबाट स्वदेश फर्कने क्रममा रोकिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कुटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो भने पाकिस्तानले पनि शुक्रबारदेखि नै लागू हुने गरी इस्लामावादमा रहेका अमेरिकी कूटनीतिज्ञलाई यात्रामा प्रतिवन्ध लगाउने घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया