काठमाडौं, २४ असोज । पूर्वगृहराज्यमन्त्री मोहमद रिजवान अन्सारी नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दलहरु समाहित भएको छ । मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना १२ वटा राजनीतिक दलबीच एकता भएको घोषणा गरिएको छ । एकीकरण घोषणा कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले आफूहरु तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताए । उनले नेपाललाई ठूला दलहरुले राजनीतिक प्रयोगशाला मात्र बनाउने गरेको आरोप लगाए । उनले अहिले मुलुकमा देखिएको दुईवटा धार शेरबहादुर देउवाको लोकतान्त्रिक गठबन्धन र केपी शर्मा ओलीको वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गरेयी दुई धारले मुलुकलाई निकास दिन सक्दैन । उनले भने, हामीले वैकल्पिक शक्तिकारुपमा आफ्नो अभियान अगाडि बढाएका छौं । एकीकृत पार्टीको नाम नेपाल संघीय समाजवादी पार्टी रहने बताईएको छ । पार्टीको केन्द्रीय समिति बढी एक सय सम्म रहने जनाइएको छ । आसन्न निर्वाचन अगावै अन्य दलहरुसँग पनि एकीकरण हुने जनाइएको छ । नेपाल संघीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्टिय समुक्ति पार्टी, किराँत जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्टिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्चबीच एकीकरण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया