भक्तपुर– प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय मंगलबार एक दिन बन्द भएका छन् ।
जिल्ला समन्वय समिति भक्तपुर तथा सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको बैठकले सो दिन जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने एवं जिसस, नगरपालिका कार्यालय र वडा कार्यालय एक दिन बन्द गरिएको चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया