'ए मेरो हजुर २' डेव्यु ब्वाई सलिनमान बनिया स्टार सिनेमा 'यात्रा अ म्युजिकल भ्लग'को छायांकन सुरु गरिएको छ । मंगलबार कमलादी स्थीत गणेश मन्दिरमा पुजाआजा गर्दै सिनेमाको सुटिङ्ग सुरु गरिएको निर्माता केशव भट्टराईले बताए ।
केशव भट्टराईले निर्माण गर्ने सिनेमालाई सम्राट शाक्यले निर्देशन गर्दैछन् । यो उनको डेव्यु सिनेमा हो । सिनेमा निर्माता केशव भट्टराई र सुशिल पोखरेल निर्देशक सम्राट शाक्य, कलाकारहरु सलिनमान बनिया, सलोन बस्नेत, सिनेम्याटोग्राफर संजय लामाको उपस्थीतीमा सिनेमाको मंगलबार बिहान शुभमुर्हत गरिएको थियो । सिनेमाका मुख्य कलाकार सलिमान बनिया र सलोन बस्नेतले मुर्हत सर्टमा सिनेमा समावेश संवाद बोलेर छायांकन प्रारम्भ गरिएको हो ।
प्राय एक्लै सिनेमा निर्माण गर्ने केशव भट्टराईले यस पटक निर्माता सुशिल पोखरेललाई पनि केहि दिन पहिले पाटर्नर सिपको लागी भित्राएका हुन् । सिनेममा सलिनमान र सलोनका अलवा जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवा, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुरा, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहनेछ ।
यसै सिनेमाबाट मल्लिका महतले डेव्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सिनेमालाई जर्नी लभ स्टोरी भनिएको छ, यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने सिनेमामा मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । सिनेमाको मुख्य सहायक निर्देशक सुरेश न्यौपाने रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । सिनेमामा कविराजगहतराज र प्रविन सिंहको कोरोयोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । सिनेमामा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया