२४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी  नेपाल लगायतको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकले यातायात सम्वद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्ति खोज्ने निर्णय गरेको छ ।
सो बैठकले यातायात समितिका नाममा रहेको चलअचल सम्पतिको विवरण १५ दिनभित्र सफ्टकपी तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका पुमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।
सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्वद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजविनलाई थप तिव्रता दिएको छ ।
    यसअघि सिण्डिकेट हटाउने सरकारको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत बैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नुका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो ।
     सो क्रममा गृह मन्त्रालयको निर्देशन अनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरीएको थियो ।
    आजको बैठक बैंक खाता रोक्का गरीएका ति समिति बाहेक संस्था दर्ता  ऐन अनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पुर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने र उक्त समितिहरुमा के कति रकम रहेको छ सोको विवरण तयार पार्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?