नेपालीचलचित्र ‘नेप्टे’ को 'दिलरानी' वोलको गीतमा चर्चित गायक उदितनारायण झासंगै सशक्त र प्रभावकारी आवाज भरेसंगै यतिखेर गायिका सेलिना कुँवरको चर्चा–परिचर्चा हुन थालेको छ ।
'दिलरानी' वोलको नेपाली गीतले वजार तताएसंगै सेलिनाले पनि गायनमा वजार तताएकी छिन । मधेस तराईमा केही महिनाअघि रिलिज हुने भनिएको 'नेप्टे'को दिलरानी गीतमा चर्चित गायक झा र कुँवरको स्वर सजिएको छ ।
यस्को संगीत सन्तोष राजले भरेका छन भने गीत लेखन यमनाथ मैनालीले गरेका हुन । भिडियोमा नेपाली चलचित्रका चर्चित नायक दयाहाङ राई, बुद्धि तामाङ, रोहित रुम्बा, छुल्टिङ गुरुङ र पूर्णिमा लामा लगायतको वेजोडको अभिनय छ ।
गायन क्षेत्रमा प्रवेश गरेको छोटो अवधिमा नै लोक आधुनिक, लोकपप, भोजपुरी र अन्य फिल्मी गीतमा आवाज भर्न सफल सेलिना गायनक्षेत्रमा चम्कीलो ताराको रुपमा देखा परेकी छिन ।
उनी भन्छिन् ‘यो क्षेत्रमा म दाम भन्दा नाम कमाउन लागेको हुँ । चितवनको एक सामान्य कुँवर परिवारमा जन्मीएकी गायिका सेलिना यो गीत रेकर्ड गराउन भारतको मुम्बई पुगेकी थिइन् ।
उनी गीत संगीत प्रस्तुत गर्ने र स्टेज सो मा सहभागी हुने सिलसिलामा स्वदेशभित्रका अतिरिक्त विदेश भ्रमणमा समेत सहभागी भइसकेकी छिन । सेलिनालाई स्रोता तथा अग्रज गायक गायिकाहरुले पनि ‘सम्भावना’को दियोका रुपमा हेर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया