खाली पेटमा नखानुस् यी खानेकुरा : जुन बन्छ, ‘स्लो पोईजन’

काठमाडौं  – तपाइलाई थाहा छ ? तपाई हामी मध्ये अधिकाशंको खाने आदत मिलेको छैन । जस्तो कि  कसैको बानी हुन्छ, विहान बेडमै चिया पिउने । कतिपय मानिस खाली पेटमा जे पायो त्यहि खाने गर्दछन् । तर खाली पेट जस्तो पायो त्यस्तै खाना खानु भनेको ‘स्लो पोईजन’ सेवन गर्नु सरह हो । पछिल्लो पटक एक अध्ययन सार्वजनिक भएको छ, जसमा यि  खानेकुरा एकाबिहानै खालीपेटमा नखान सुझाईएको छ ।

अमिलो खानेकुरा 
खाली पेटमा अमिलो खानेकुरा खानु स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु नखान विज्ञहरु सुझाउँछन् । किनभने यी अमिला खानेकुराको कारण पेटमा एसिड बन्छ ।

मसालेदार खानेकुरा 
एका बिहानै मसलेदार खाना खाएर जिब्रो फड्कार्ने बानी छ भने, छोडिदिनुस् । ब्रेकफास्टमा मसलेदार, स्पाईसी वा धेरै पिरो खानेकुरा खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाई अल्सर जस्ता रोगलाई निम्यात्उन सक्छ ।

सफ्ट ड्रिङ्स सेवन 
खाली पेटमा कोल्ड ड्रिङस् कहिलै नलिन विज्ञहरु सुझाव दिन्छन् । किनकी यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यसकारण पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।
चिसो पेयपदार्थ सेवन 
खाली पेटमा भुलेर पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिङस् खाली पेटमा सेवन गर्नु स्वास्थ्यको लागि  हानिकारक हुन्छ । त्यसैले यस्ता पेय  पदार्थको विकल्पमा तपाई मनतातो पानी अथवा ग्रीन टी लिनुहोस् ।

चिया–कफी सेवन 
प्राय नेपालीको अपेक्षा हुन्छ, आँखा खुलेपछि कसैले बेडमा चिया ल्याईदिओस् । तर अब त्यो बानी छोड्नुहोस् । खाली पेटमा चिया र कफी पिउनु पनि तपाईको स्वास्थ्यको लागि हानीकारक हुन्छ । चिया तथा कफि पिउनाले तपाईलाई एसिडिटी पनि हुन सक्छ ।

अन्य केहि टिप्सहरु 
घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि खानु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।
दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।
दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?