मान्छेहरु तपाईलाई देखेर बाफ्रे कत्ति मोटि भन्छन् ? छोटो समयमा तपाईले धेरै ‘वेट गेन’ गर्नुभयो ? अब चिन्ता नलिनुहोस् । लोकपथ डटकमले केहि महत्वपूर्ण टिप्सहरु प्रस्तुत गरेको छ ।
एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ । तर, तपाईलाई यदी कुरा ध्यानमा राख्नुपर्छ कि फ्याट फ्रि खाना खानु आवश्यक रहेको छ ।
रातमा खान खाएपछि १० मिनेट पछि एउटा शान्त स्थानमा जानुहोस् । १० मिनेट एउटै ठाउँमा रहेर जगिंग गर्नुहोस् । जगिंगका दौरान स्पीड कम–ज्यादा गर्नुहोस् ।
१० मिनेट पश्चात कम्मरको भरमा जमीनमा बस्नुहोस् र घुडाँको भरमा विस्तारै बिस्तारै छातीको नजिक ल्याउने प्रयास गर्नुहोस् । यस एक्सरसाइजलाई ५ मिनेटसम्म गर्नुहोस् ।
महिनासम्म १५ मिनेट लगातार एक्सरसाइज गर्नुहोस् । यसपश्चात तपाईले समय पनि बढाउन सक्नुहुन्छ ।
मोटोपन कम गर्ने बेला प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थ
- हरियो तरकारी, सलाद (गाँजर, मुला, काँक्रो, टमाटर )।
- ताजा फलफूल (केरा,आँपबाहेक)
- माछा
अन्य केहि उपयोगी टिप्स
- नियमित व्यायाम गर्ने ।
- एकसाथ धेरै खानेकुरा सेवन नगर्ने ।
- राती अबेरसम्म बसेर खाने बानी नगर्ने ।
- बोसोयुक्त, मसलेदार, तारेको, भुटेको खानेकुरा नखाने ।
- पैदल हिँड्ने बानी बसाल्ने ।
- राती चाडै सुत्ने र बिहान चाडै उठ्ने अभ्यास गर्ने ।
भुलेर पनि नखाऔँ यि चिजहरु
- गुलियो बिस्कुट, केक लगायतका बेकरी आईटम
- आइसक्रिम, चिनी, चकलेट, मिठाई, जाम
- घ्यू, तेलमा तारेका खानेकुरा
- धुम्रपान तथा मद्यपान
-एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया