काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नागरिक बचतपत्र २०८०’को बिक्री खुला गरेको छ । बैंकले दुई अर्ब बराबरको नागरिक बचतपत्र २०८० बिक्री गर्न लागेको हो ।
बैंकले राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत व्याजदारमा (ब्याजकर लाग्ने गरी) नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
बचतपत्रमा जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बोलपत्र पेश गर्न सकनेछ । जसको निष्काशन जेठ २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै बचतपत्रको सावाँ फिर्ता २०८० जेठ २८ गते हुनेछ ।
आवेदनमा लागि घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु तथा राष्ट्र बैंकका उपत्यका बाहिरका कार्यालयहरुबाट बचतपत्रमा आवेदन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
खरिद आवेदन नेपाल राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np बाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया