काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले हकप्रदमा अवितरित सेयर लिलामी विक्रीमा ल्याउने भएको छ । आगमी जेठ १० गतेदेखि उक्त सेयर लिलामी गर्न लागेको हो । कम्पनीले ९८ हजार २४६ कित्ता सेयरमा शिलबन्दी आह्वान गर्न लागेको हो ।
कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । इच्छुकले एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढका साथै धनगढीबाट लिलामीमा जेठ १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
त्यस्तै एशियन लाइफले गत फागुन १३ गतेदेखि वैशाख ३ गतेसम्म दुई बराबर एक कित्ता अनुपातमा ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद जारी गरेको थियो ।
कम्पनी सञ्चालक समितिको जेठ १ गते सम्पन्न बैंठकले रितिपूर्वक आवेदन दिने १६ हजार ३ सय ७९ जना सेयरधनीलाई ३९ लाख २९ हजार ७ सय २० कित्ता सेयर बाँडफाँड गरि अवितरित सेयर लिलाम विक्री गर्न लागेको हो ।
त्यस्तै चालू आवको तेस्रो त्रैमासमा कम्पनीले ३ करोड ३२ लाख खुद नाफा आर्जन गरि प्रतिसेयर आन्दानी ५ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया