काठमाडौं । बुधबार देखि अहिलेका सुपरस्टार नायक प्रदिप खड्काले अभिनय गर्ने नयाँ सिनेमा 'रोजी'को छायांकन शुरु भएको छ । यो सिनेमामा प्रदीपको लुक्स पुरै चेन्ज गरिएको छ ।
सिनेमाको पहिलो दिनको छायाँकन तथा शुभ मुहूर्तमा प्रदिपको लुक्स देखेर धेरै चलचित्र पत्रकार अचम्ममा परे सधैँ चक्लेटी लुक्समा देखिने प्रदिप आज पुर्ण रुपमा फरक देखिएका थिए । लामो कपाल अनी झुस्स दारी हेर्दै डरलाग्दो देखिएका थिए ।
प्रदिपले भने, 'मलाईलाई यो गेटअपमा उर्तान पुर्ण रुपमा १५ घण्टा लाग्यो ।' अहिले एकदमै अप्ठेरो भएको भन्दै सिनेमाको शुभ महुर्त र छायांकन सर्ट सकिने बितिकै सेटबाट निस्किए ।
निरक पौडेको निर्देशनमा निर्माण भैरहेको सिनेमामा प्रदिपले मिरुना मगर र परमिता आरएल राणासँग जोडी बाँध्नेछन् । उनीहरुका अलवा यो सिनेमामा बरुण समशेर जबरा र कर्माको मुख्य भुमिका रहने शुभमुर्हतमा जानकारी दिइयो । यो सिनेमालाई गोपीकृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया