हवाई कारबाहीमा पन्ध्र तालिवान आतंककारी मारिए

काबुल . अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान विशेष सुरक्षाबलले तालिबान आतंककारी समूहको अखडा लक्षित हवाइ कारबाहीमा परी कम्तीमा १५ तालिबान आतंककारी मारिएका छन् । 

विशेष सुरक्षाबलको उच्च अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार फराह प्रान्तको केन्द्रमा रहेको देह याक इ कालान गाउँमा रहेको तालिबान आतंककारी समूहको अखडालक्षित आक्रमण भएको हो । 

‘ओरेसन कोर्डिनेशन गु्रप अफगानिस्तान’ द्वारा जारी विज्ञप्तिमा यस कारबाहीमा परी १५ व्यक्तिको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको जनाइएको छ । 

फराह प्रान्तको प्रान्तीय शहर फराहमा मङ्गलबार नै सयौँ तालिबानको समूह र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । फराह शहरको बाहिरी इलाकामा भएको झपडको छट्टै समाचार प्राप्त भएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?