‘ज्याक द रिपर’ : ‘अ सिरियल किलर’

काठमाडौं । ‘ज्याक द रिपर’ एक अत्यन्त डरलाग्दो हत्यारा थिए । उनले बारगर्लहरुलाई आफ्नो सिकार बनाउँथे । उनले सन् १८८८ को समयमा युवतीहरुको हत्या गरेर उनीहरुको अंग निकाल्ने गर्थे ।

आखिर उनी को थिए र किन युवतीहरुको हत्या गर्थे त ?

सन् १८८८ मा लण्डनमा सिरियल किलरको धेरै डर थियो । सेप्टेम्बर १८८८मा एक सनसनीखेज पत्र लन्डन अखबारमा प्रकाशित भएको थियो । उक्त पत्र एक डरलाग्दो हत्याराद्वारा लेखिएको थियो ।

उक्त पत्रमा उनले आफ्नो पहिलो हत्याको बारेमा डरलाग्दो तरिकामा बताएका थिए । उनले थप मानिसहरुको हत्या गर्न लागेको समेत बताएका थिए । यो पत्र सिरियल किलरले लेखेको हो वा होइन भन्नेसम्म स्पष्ट भएको छैन । यस पत्रमा हत्याराको पहिचान दिने एकमात्र नाम थियो ज्याक द रिपर ।

कौन था जैक द रिपर (प्रतीकात्मक तस्वीर)

सिरियल किलर ज्याक द रिपरले ५ पटक बालिकाहरुको हत्या गरेका थिए । हत्या भएका ५ जना बालिकाहरुको निकै निर्ममतासाथ हत्या गरिएको थियो । सबैको घाँटी धारिलो हतियारले काटिएको थियो र शवलाई निर्ममतापूर्वक काटिएको थियो।

उनले पहिलो बालिकाको हत्या ३१ अगस्ट १८८८ मा गरेका थिए । उनले मेरी एन निकोल्सको निर्ममतापूर्वक हत्या गरेका थिए । यो हत्यापछि लण्डनको अखबारमा सिरियल किलरको चिठी छापिएको थियो जसमा उनले यो हत्याको बारेमा बताएका थिए । यससँगै थप हत्याको चर्चा पनि भएको थियो ।

ज्याक द रिपरले बारगर्लहरूलाई मारेर शरीरको भित्री भाग काट्ने गर्दथे। हत्यापछि सिरियल किलरले शरीरको पाठेघर, मिर्गौला र मुटु निकाल्ने गर्दथे ।

कौन था जैक द रिपर (प्रतीकात्मक तस्वीर)

लन्डनको ह्वाइट चैपल सहरलाई बारगर्लहरूको गढ मानिन्थ्यो । उक्त घटनापछि सहरमा उनको डर फैलिएको थियो । महिलाहरु राति घरबाट एक्लै बाहिर निस्किँदैन थिए । सिरियल किलर कहाँबाट आयो र कहाँ हरायो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

ती व्यक्ति यहुदी हो कि होइन भनेर प्रहरीलाई डर थियो, तर प्रहरीको यो आशंका गलत साबित भयो ।

यसपछि फेरि केही समयमा उक्त सिरियल किलर फर्किएका थिए । उनले थप दुई जनालाई निर्ममतापूर्वक हत्या गरेका थिए । यसपछि लण्डनको ह्वाइट चैपल सहरमा देशभरबाट हजारौँ मानिस जम्मा भएका थिए र महारानी भिक्टोरिया पनि त्यहाँ पुगेकी थिइन् । प्रहरी गस्ती बढाएर जासुस तैनाथ गरिएको थियो । तर यो सिरियल किलरको वास्तविक नाम कहिल्यै थाहा भएन, किनकि उनी कहिल्यै समातिएनन्।

कौन था जैक द रिपर (प्रतीकात्मक तस्वीर)

हत्या मुद्दाको अनुसन्धान गर्नेहरूले ज्याक द रिपर फेला पारेको दाबी गरेका थिए । १०० वर्षपछि, वैज्ञानिकहरूले डीएनए मिलानको आधारमा हत्याको पर्दाफास गरेको दाबी गरेका थिए ।

सिरियल किलरले मारेका पाँच जनाको नजिकै भेटिएको सलबाट डीएनए लिइएको थियो। त्यो डीएनए २३ वर्षीया एरोन कोस्मिन्स्की नामक हजामसँग मिलेको थियो । यो डीएनए इरोनको डीएनएसँग पूर्णरुपमा मेल खाएको वैज्ञानिकहरूले दुई वर्षअघि दाबी गरेका थिए । वैज्ञानिकहरूले हत्याराको खैरो कपाल र आँखा खैरो भएको दाबी गरेका थिए ।

तर आजसम्म पनि ज्याक द रिपर को हुन् भन्ने पत्ता लागेको भने छैन ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?