प्रदेश ४ को नयाँ बजेट २० अर्ब रूपैयाँ

कास्की (पोखरा) : प्रदेश नंम्बर ४ ले अागामी अार्थिक बर्य २०७५/७६ का लागि २० अर्ब रूपैयाँ बराबरको बजेट सिलिङमा छलफल थालेको छ । यही सिमाभिर रहि प्रदेशका मन्त्रालय र सरकारी निकायहरूलार्इ प्रदेश सरकारले बजेटको सिलिङ पठाएको छ । 

जेठ १६ गतेबाट प्रदेशको बजेट अधिवेशन बोलाउन मन्त्रीपरिषद्ले प्रदेश सरकारलार्इ सिफारिस गरिसकेको छ । अहिले प्रदेशको अर्थ मन्त्रालयले बजेटको सिलिङ तयार पारी स्रोतको बाँडफाँडको काम गरिरहेको छ । 

यस्तो छ बजेट अांकलन : 

  • केन्द्रले दिने सशर्त र विशेष अनुदान एकीन भएपछि बजेटको अाकार बढ्ने, हाललार्इ २० अर्ब रूपैयाँको सिलिङ,
  • २० अर्बको स्रोत ः वित्तीय समानीकरण अनुदान, समपुरक अनुदान र प्रदेशको राजस्व,
  • केन्द्रको बजेटपछि प्रादेशिक बजेटको एकीन अाकार टुंगो लगाउने,
  • पूर्वाधार निर्माणका क्षेत्रमा बढी बजेट माग, राजस्वबाट अर्ब ३० करोड उठाउने लक्ष्य,
  • भ्याट र अन्तशुल्कको अाम्दानीमध्ये स्थानीयतहलार्इ १५ र प्रदेश सरकारलार्इ १५ प्रतिशत,
  • स्थानीय तहको जनसंख्या, क्षेत्रफल, गरीबी र राजस्वको अाधारमा बजेट विनियोजन,
  • स्थानीय तहमा ९ करोडदेखि प्रदेशमा १ अर्बसम्मको बजेट सिलिङ,
  • करको दर नबढ्ने,
  • संघ र प्रदेश दुवैले उठाउन पाउने करलार्इ एकद्वार प्रणालीमा लैजाने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?