मंसिर महिनाको पहिलो दिन के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
315
Shares

काठमाडौं । मंसिर महिनाको पहिलो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

कार्तिक महिनाको अन्तिम दिन अर्थात् मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ८ सय रहेको थियो । आज ५ सयले गिरावट आइ ९४ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य १२ सय ९० रहेकोमा आज मूल्य गिरावट भइ १२ सय ८० कामय भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?