पहिलो यौन सम्पर्कले सम्बन्धको निर्धारण गर्ने एक अनुसन्धानले देखाएको छ ।
८०० जना मानिसहरुमा गरिएको अध्ययनले पहिलो यौन सम्पर्क राम्रो हुने जोडिको सम्बन्ध, नहुनेहरुको भन्दा लामो टिकेको देखाएको छ ।
यसो हुनुको कारण पहिलो यौन सम्बन्धमा रमाउनेहरु यो अनुभवलाई लामो समय बनाउन प्रेरित हुने अनुसन्धानकर्ताहरुले बताए ।
क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिक डेभिसले सबै सम्बन्धहरु शुरुवाती चरणमा लगभग समान हुने भेटिएको बताए ।
फरकपन सम्बन्धमा आत्मिएता बढेपछि मात्र देखिने पत्ता लाग्यो ।
यो अध्ययन जर्नल अफ एक्स्पेरिमेन्टल साइकोलोजीमा प्रकाशित भएको छ ।
प्रोफेसर इस्टविक भन्छन् “दीर्घकालिन र अल्पकालिन बाटो के हुन्छ भन्ने संकेत तपाईहरुले एक अर्कालाई चिनेको हप्ताहरु वा महिनाहरुपछि देखिन थाल्छ ।”
“प्रारम्भमा कुनै सम्बन्ध लामो टिक्छ कि छोटो समयमै अन्त्य हुन्छ भनेर कुनै बलियो प्रमाणहरु पाइदैन ।”
अध्ययनको लागि विभिन्न उमेर समूहका ८०० जनालाई समाबेश गरिएको थियो ।
–डेलीमेलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया