जेठ ४ बाट रिलिज हुने भनिएको सिनेमा 'हरि'को रिलिज डेट परिवर्तन गरिएको छ । अब यो सिनेमा जेठ १८ गतेबाट अलनेपाल रिलिज हुने भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको नयाँ रिलिज डेट घोषणा गरिएको हो ।
आफुलाई सधैँ फरक अनि पृथक भुमिकामा देखाउन रुचाउने विपिन कार्कीको हरिमा पनि फरक भुमिका दर्शकले हेर्न पाउने छन् । सिनेमाले आजबाट व्यापक प्रचार प्रसार थाल्ने आयोजीत कार्यक्रमा जानकारी दिइयो ।
अभिनेता बिपिन कार्की भन्छन्, ‘मैले अहिले सम्म गरेको सिनेमामा यो सबै भन्दा बढि सन्तुस्ट भएको सिनेमा हो । हुन त सबै सिनेमाबाट सन्तुष्ट नै छु, तर 'हरि' सबै भन्दा बढी सन्तुष्टी दिने सिनेमा हो मेरो लागि । हरेक पटक फरक भूमिकामा देखा पर्दै आएको छु । यो सिनेमामा पनि मलाइ बिल्कुल फरक रुपमा देख्न सक्नुहुन्छ । सिनेमा हरिले भनेको कथा वा कथा भन्ने तरिका सायदै अहिले सम्म कुनै फिल्मले अपनाएको होलान ।’
सिनेमामा बिपिनसंगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य लगायतको अभिनय रहेको छ । सिनेमा शुभलाभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । योगेश्वर पौडेल, थाक्पा तामाङ र माधव थापा कार्यकारी निर्माता रहेको सिनेमामा लेखन तथा निर्देशन सफल केसी र प्रतीक गुरुङले गरेका हुन् । सिनेमामा चिन्तन राजभण्डारीको छायाङ्कन र अर्जुन कार्कीको सम्पादन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया