धनुषा । लक्ष्मी बैंक लिमिटेडले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौं एक्स्टेन्सन काउण्टर जनकपुुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ।
नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।
यसको साथै आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको लक्ष्मी बैंकले जनाएको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ।
यो एक्स्टेन्सन काउण्टरको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया