मलेसियाका पूर्व प्रधनमन्त्री नाजिब जेल जान सक्ने : नेता अन्वार

क्वालालम्पुर । मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताएका छन् । 

नवनिर्वाचित गठनबन्धनका प्रभावशाली नेता समेत रहनु भएका इब्राहिमले भ्रष्टाचारको अभियोगमा नाजिब जेल जान सक्ने बताएका हुन् । 

सन् २०१५ देखि जेलमा रहेर जेलमुक्त भएको एकदिनपछि बिहीबार एएफपीलाई अन्तरवार्ता दिदै इब्राहिमले आफु चाडै नै संसदमा फर्किने जानकारी दिए । 

“मलाई केही महिना समय दिनु, म सांसदको रुपमा संसदमा फेरी फर्किने छु, अहिले तत्कालको कुरा यही हो,” उनले भने । 

इब्राहिमलाई सजाँय माफी घोषणा गरेर बुधबार जेलमुक्त गरिएको हो । 

उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुबेच्छुकहरुले खुशीयाली मनाउदै ¥याली निकालेका थिए । 

आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै अन्वारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताएका थिए । उनीसहितको गठबन्धनले गत हप्ता भएको आम निर्वाचनमा जित हासिल गरी नयाँ सरकार बनाएपछि त्यही सरकारले उनलाई रिहा गराएको हो । 

नयाँ सरकारको प्रधानमन्त्री बन्नु भएका पुर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन् । 

९२ वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?