समयमा खाना नखानु, धुमपान, मद्यपान, कोल्ड ड्रिङ्स, चिया, कफीको सेवन अनिन्द्रा लगायतका कारण अधिकांश नेपालीहरुमा ग्याष्ट्रिकको समस्या छ । ग्याष्ट्रिकका कारण धेरै मानिसहरुको पेट भित्र गम्भीर किसीमको घाउ भईसकेको पनि हुन्छ । तर धरैजना यसबारे अनविज्ञ छन् । केहि जानेबुझेका व्यक्तिहरुपनि चेकअपविना नै मेडिकलबाट किनेर ग्याष्ट्रिकको दुखाई कम गर्ने नाममा ‘ट्याब्लोईड’ खान्छन् । यस्ता औषधीले पिडाबाट छुट्कारा त दिन्छ, तर शारीरिक प्रणालीलाई भने असर पारिरहेको हुन्छ । खानासँगै गालेको अचार खाने, पिरो धेरै खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुने चिकीत्सकको भनाई छ ।
देखिन्छन् यस्ता लक्षण
- पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने ।
- वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ–ढ्याउ आउनु, वान्तामा रगत देखिने
- कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने
- छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने।
- पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्ने
- बिहान बिहान वाक्वाकि लाग्ने ।
- मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने ।
- रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु आदि ग्यास्ट्रिकका लक्षण हुन् ।
खासगरी दुखाइ कम गर्ने औषधि, ब्रुफिन, निम्स, नेप्प्रोक्सिन लगायतका औषधि मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरूको सेवनले ग्याष्ट्रिकलाई बढावा दिन्छ ।
अपनाउनुस्, यस्ता सावधानी
- दुखाइ कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने बानी गरौं ।
- ग्याष्ट्रिक भएको हुनसक्ने आशंका हुनेबित्तिकै अस्पताल गई चेकजाँच गरौँ ।
- पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।
- सफा तथा नियमित खाना, पानी र वातावरणको प्रयोग गरौं ।
- स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जिराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं ।
- प्रशस्त मात्रामा पानी पिऔँ ।
- प्याकिङ गरिएका रेडिमेट खानाहरू, कोक, पेप्सी जस्ता पेय पदार्थ नखाऔँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया