एजेन्सी : दक्षिण अमेरिकी राष्ट्र क्युवामा भएको हवार्इ दुर्घटनामा परि १ सय १३ जनाको मृत्यु भएको छ । राजधानी हवानाकै होजे मार्टी अन्तरराष्ट्रिय विमानस्थल नजिकै पछिल्लो दुर्घटना भएको हो । मृतक सवै क्युबाली नागरिक हुन् ।
क्युबाको सरकारी विमान सेवा कम्पनीले सञ्चालन गरिरहेको अमेरिका निर्मित बोर्इङ जहाजमा १ सय १६ जना यात्रारत थिए । हवानाबाट क्युवाकै पूर्वी क्षेत्रमा पर्ने होलुगुर्इनका लागि यो विमान उडेको थियो । तर, विमानस्थल छाडेको केही समयमै विमान दुर्घटना भएको क्युवाली सञ्चार संस्थाहरूले उल्लेख गरेका छन् ।
विमान दुर्घटनामा बाँच्न सफल ३ व्यक्तिलार्इ उद्दार गरिएको छ, तर उनीहरूको अवस्था गम्भीर छ । मेक्सिकोको कम्पनीसँग भाडामा लिएर क्युबाली वायुसेवाले सो विमान उडाएको थियो ।
क्यूबाली राष्ट्रपति मिगेल डियाजले दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिँदै दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति दुःख व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया