क्लियर स्किनको लागि अपनाउनुस् यी उपाय

धेरै मानिसहरु आफ्नो अनुहारमा भएको दाग, धब्बा, चाँया पोतो डण्डिफोरका कारण वाक्क छन् । त्यस्तै कतिपय मानिसहरुको अनुहारमा यस्ता समस्या नभएतापनि खाना, सरसफाई, वातावरण आदि विभिन्न कारणले छाला चम्किलो छैन । चिकित्सकहरु भन्छन्, यदि हाम्रा किचनमा भएका विभिन्न फलफूल तथा तरकारीलाई मिलाएर सहि रुपमा प्रयोग गर्ने हो भने  छालामा कोमलता र चमक आउँछ । 

  • दहीमा काँक्राको रस मिसाएर अनुहारमा लगाउँदा छाला चम्किलो देखिन्छ ।
  • गाजर र सुन्तलाको रस समान मात्रामा मिसाई अनुहारमा लगाउदा पनि चमक आउँछ । 
  • एक चिया चम्चा दूधमा एक चम्चा काँक्राको रस तथा तीन चिया चम्चा जौको पिठो मिसाएर लेप बनाई अनुहारमा लगाएर २० मिनेटपछि सफा पानीले धुँदा छाला मुलायम र चम्किलो हुन्छ  ।
  • एउटा अण्डाको सेतो भागलाई फिटेर त्यसमा एक चिया चम्चा मह मिसाई अनुहार एवं गर्दनमा लगाएर १० मिनेटपछि चिसोपानीले पखाल्दा छालामा चमक आउँछ । 
     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?