नयाँ दिल्ली : भारतीय कंग्रेस–आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उनी भ्रष्टाचारी नै भएको अारोप लगाएका छन् ।
शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गान्धीले भने “तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ, प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिएका छन् ।” गान्धीले थपे “प्रधानमन्त्रीले मुलुकमा आफू भ्रष्टाचार विरुद्ध लडिरहेको भन्नुहुन्छ तर यो पूर्णतया झूट हो । उहाँ भ्रष्टाचारी हो ।”
प्रधानमन्त्री मोदी र हत्याको आरोप लागेका भाजपा अध्यक्ष अमित शाहसहितलार्इ मुलुकले उनीहरूको पैसाको थैलीभन्दा देशका संघसंस्था ठूलो भएको देखार्इदिर्इसकेको गान्धीले दाबी गरे । नेता गान्धीले भारतीय प्रतिपक्षी दलहरूलाई एकआपसमा एकता गरी विजेपीलाई हराएकोमा कृतज्ञता व्यक्त गरे ।
भाजपाका विधायक तथा सभामुख राष्ट्रिय गानभन्दा पहिले किन सदन छोडेर बाहिर गए यसले प्रश्न खडा गरेको गान्धीले तर्क गरे । कर्नाटकमा चुनाव हार्ने निश्चित भएसँगै भाजपाका विधायक र सभामुख राष्ट्रिय गान बज्नुअघि नै संसदबाट बाहिरिएका थिए ।
कर्नाटकमा राज्य सरकारका गभर्नर भाजुभाई आर भालाले कंग्रेस र जनता दलको गठबनधनमा बहुमत विधायक रहँदारहँदै पनि भाजपालाई सरकार गठनका लागि बोलाएपछि राजनीतिक सङ्कट उत्पन्न भएको थियो । भालाले येद्युरप्पा सरकारलाई बहुमत पुष्टि गर्न १५ दिनको समय दिएको थियो ।
त्यसपछि कंग्रेसले भारतीय सर्वोच्च अदालतमा मुद्दा दायर गराए । तत्पश्चात उक्त मुद्दामा विरल मानिने मध्यरातमा तीन न्यायाधीश ए के सिक्री, एस ए वोब्दे र अशोक भुषणको बेन्चले सुनुवाई गरी येद्युरप्पालाई मुख्य मन्त्रीका रूपमा सपथ नखान तत्कालका लागि निर्देशन गरिएको थियो । यसले बिहीबार हुने भनिएको सपथ ग्रहण पछि सरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया