फुटबलको भविष्यवाणी गर्ने अक्टोपस पृथ्वी बाहिरको जन्तु

एजेन्सी : आश्चर्यचकित पार्ने खालको आठ बाहुला भएको सामुद्रिक जीव अक्टोपस समुद्र सतह भन्दा सयौं फिट तल हुन्छ । अक्टोपस बुद्धिमान जन्तुको रूपमा मानिएको छ । अक्टोपसले खेलकुदको परिणामलाई पूर्वानुमान गरेकाले बुद्धिमान जन्तुको रूपमा चिनिएको छ ।

तर अक्टोपस पृथ्वीमा विकास भएको जन्तु हो वा बाहिर हाे भन्नेबारे  बहस भइरहेकाे छ । विश्वका प्रतिष्ठित ३३ जना वैज्ञानिकहरूको समूहले यो पृथ्वी बाहिरको कुनै अन्तरिक्षबाट आएको जन्तु भएको राय दिएको छ ।

उनीहरूको यो अध्ययन प्रोग्रेस इन बायोफिजिक्स एन्ड मोलिकुलर बायोलजि नामक पत्रिकामा प्रकाशित भएको छ । यो अध्ययन अक्टोपस र यसका सगोत्रीहरू जस्ता जीव जन्तु  अन्तरिक्षमा रहेको र त्यहाँबाट आएको हुन सक्ने सिद्धान्त पान्सपर्मियासँग जोडिन पुगेको छ ।

पान्सपर्मिया चर्को बहसको विषय हो । यसका विभिन्न विचारहरूले अन्तरिक्षका चट्टानहरूबीचको भिडन्तका क्रममा सुक्षम किटाणु, जीवाणुजस्ता सूक्षम जीवहरू अन्य ग्रहबाट पृथ्वीमा आएको तर्क अघि सार्ने गर्छ । ती ठाउँहरू हाम्रो पृथ्वी जस्तो हुन सक्नेछन् ।

इतिहासमा आमसंहार जस्त घटनाले गर्दा धेरै प्रजातिहरू मारिएका हुनसक्छन् । यस्ता घटनाहरू मध्ये एक ५४ करोड ४० लाख वर्ष पहिले भयो । त्यसको केही करोड पछि  ग्रहमा विस्फोटन भयो र अहिले ती अवशेषहरू रेकर्डका रूपमा सुरक्षित छन् ।

यो अध्ययन प्रतिवेदनका लेखकहरूले यस्तो जानकारी दिएका छन् । सोही अध्ययनमा अक्टोपसका बारेमा पृथ्वीमा अन्य ग्रहबाट आएको हुन सक्ने उल्लेख गरिएको छ । उनीहरूका अनुसार अक्टोपसका अण्ड, भ्रुण वा बिजहरू अन्तरिक्षको यात्रा गर्दै पृथ्वीमा आएर विकास भएको हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?