काठमाडाैं : केन्द्रीय सरकारले सरकारी परामर्शदाता र निर्माण कम्पनी खारेज गरेको ७ बर्षपछि प्रदेश तीनको सरकारले सरकारी स्वामित्वको निर्माण कम्पनी खोल्ने प्रकृया अघि बढाएको जनाएको छ ।
प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले भाैतिक पूर्वाधारका लागि निजी ठेकेदारको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले अाफ्नै स्वामित्वको निर्माण कम्पनी खोल्न लागेको जानकारी दिए ।
अाफ्नो स्वामित्वमा रहेको नेशनल कन्स्ट्रक्सन कम्पनी लिमिटेड नेपाल (एनसीसीएन) र नेपाल इन्जिनिरिङ कन्सल्टेन्सी सेवा केन्द्र (नेपिकोन) लार्इ नेपाल सरकारले निजी ठेकेदारहरूको प्रलोभनमा परेर सन् २०११ मा खारेज गरेको थियो । अर्थ मन्त्रालयको निर्देशनमा तत्कालिन भाैतिक पूर्वाधार तथा निर्माण मन्त्रालयले यी दुर्इ सरकारी संस्थानलार्इ खारेज गर्ने निर्णय लिएको थियो । सरकारी निर्माण कम्पनी खारेज भएपछि नीजि ठेकेदारहरूले विकास निर्माणका काममा मनपर्दी गर्ने गरेका थिए ।
अमेरिकी कम्पनीले धुलो हटाउँदै
मन्त्री स्थापितका अनुसार अब ३ नम्बर प्रदेशका सडकमा धुलो उड्ने छैन । प्रदेशका सडकलार्इ धुलोमुक्त पार्ने योजनालार्इ मुर्तरूप दिन सरकारले अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झाैता गर्दैछ ।
कम्पनीले सडकलार्इ धुलोमुक्त पार्न एग्री विन्ड नामको केमीकल प्रयोग गर्ने जनाएको छ । शनिबार प्रदेश सरकारले काठमाडाैंस्थित गोकर्ण रिसोर्टमा धुलो हटाउने प्रविधीबारे जानकारी दिन अायोजना गरेको एक कार्यक्रममा अमेरिकी कम्पनीले अाफ्नो प्रविधीबारे प्रश्तुती दिएको छ ।
इक्वेडर, कोस्टारिका, रोमानिया र पेरूलगायत देशका सडकमा यो प्रविधि प्रयोग भर्इसकेको कम्पनीले जानकारी दिएको छ । सडक निर्माण गर्दा नै यो प्रविधी प्रयोग गरिने र पाँच बर्षसम्म सडकमा कुनै समस्या नअाउने दाबी पनि कम्पनीले गरेको छ । कम्पनीले दाबी गरेसँगै मन्त्री स्थापितले उपभोक्ता समितिको निर्णयबाटै तत्काललार्इ सडक निर्माणमा यो प्रविधि अपनाउन जनप्रतिनिधीहरूलार्इ निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया