एजेन्सी : विश्वकै बैंक इतिहासमा सबै भन्दा ठूलो बैंक लुट अमेरिकामा भयो । तर लुटेराहरू मध्ये कसैले अमेरिकी भूमि टेकेनन् ।
उनीहरूले अमेरिकाको साधारण बैंकलाई लुटेनन् । दुनियाँकै केन्द्रीय बैंकहरूको बैंकको रूपमा चिनिएको न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकलाई लुटे ।
फेडरल रिजर्भ बैंकमा सुरक्षा प्रवन्ध बलियो भएकाले यहाँ विश्वको सुन भण्डारण गरिन्छ । विदेशी सरकारका सुनका पाताहरू यहाँ ८० फिट जमीन मुनिको तहखानामा भण्डारण गरिएको हुन्छ । सबै यहाँ सम्पत्ति सुरक्षित हुने विश्वास गर्छन् । अनि सबै नगद जिन्सी यहाँ सुरक्षित गरिन्छ ।
तर २१ औं शताब्दीको सन्दर्भमा नगद सबै १ र ० लेखिएका लेखमा कैद हुन्छन् । बैंकले सबैको सम्पत्तिको हिसाब इन्टरनेटको प्रविधिमा राखेर नगद झिक्न र राख्न पाउने विधि तय गरेको छ ।
यो प्रविधिमा आधारित भएकाले चोरलाई अमेरिकी भूमि टेक्न परेन् । बाहिर बसेरै सो बैंकबाट करिब १ अर्ब अमेरिकी डलरको चोरी सन् २०१६ को फ्रेब्रुअरीमा उनीहरूले गरे ।
बंगलादेशका केन्द्रीय बैंकले फेडरल रिजर्भमा राखेको रकम ह्याकरहरूले खाता सञ्चालन विधिलाई रेटेर गायब पारिदिए । मुस्लिम बहुल्य देशहरूमा जस्तै बंगलादेशमा शुक्रबार विदा हुन्छ । ह्याकरले शुक्रबारलाई खाताबाट चोर्ने योजना सफल पारे ।
टेलिफोनबाट खाताबाट रकम स्थानान्तरण गर्ने विधिलाई चोरेर उनीहरूले करिब १ अर्ब अमेरिकी डलर बराबरको रकम फेडरल रिजर्भमा रहेको बंगलादेश बैंकको खाताबाट अन्यत्र रकम स्थानान्तरण गराउन सफलता प्राप्त गरे ।
यसरी स्थानान्तरण गराएको रकम क्यासिनोको प्रयोग गरी रकमको ठेगाना गायब गराइयो । यसरी रकम गायब गराइएपछि अपराधी खोज्न र मुद्दा दायर गर्न गाह्रो हुन्छ ।
उनीहरूले १ अर्ब अमेरिकी डलर भन्दा बढी रकम योजना बनाएका थिए । तर त्यसमध्ये ८१ लाख अमेरिकी डलर बराबर रकम बेपत्ता बनाए ।
यो लुटेराहरूको समूह दुनियाँका कुख्यात साइबर क्राइम गर्ने समूह मध्येको एक थियो । यस्ता समूहमा ट्रियाड, सिंगोला कार्टेल, सिसलीको कोसा नोस्ट्रा छन् । तर यिनीहरू मध्ये नभइ रिकन्सीयासान्स जेनरल ब्युरो( आरजीबी) समूह थियो ।
यो समूहको प्रधान कार्यालय उत्तर कोरियाको राजधानी पोङयाङमा रहेको छ । यो अमेरिकी गुप्तचर संस्था सीआइएजस्तै उत्तर कोरियाको जासुसी समूह हो । सीआईए जस्तै आरजीबीले समुद्र बाहिरका देशहरूमा हत्या, अपहरण र जासुसी गर्ने काम गर्दछ ।
दशकौं देखि उत्तर कोरियालाई पश्चिमाहरूले आर्थिक नाकाबन्दी लगाएर एक्ल्याउँदै आएका छन् । उत्तर कोरियालाई विश्वबजारबाट टाढा राखेका छन् । उत्तर कोरियाले आफूलाई चाहिने विदेशी मुद्राका लागि आरजीबीको उपयोग गरिरहेको छ ।
कानुनबाट टाढी कालो साम्राज्यबाट उसले हेरोइन उत्पादन, १०० अमेरिकी डलर बराबरको नकली नोट छपाइ, चुरोटका ब्रान्डहरूमा नकली ब्रान्डको बिक्री गराई आएको छ। यी सबै काम ह्याकिंगबाट सञ्चालित भइ आएको छ ।
यो अपराधी समूहका व्यक्ति आरोपबाट कहिल्यै आरोपित हुन सक्नेमा विश्वस्त छन् । किनभने यसको प्रधान कार्यालय पोङयाङमा छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा नियोगका पूर्व उपनिर्देशक रिचार्ड लेजेटले भने “ लुटको यो नयाँ गतिविधि अगाडि आएको छ ।
हालैका वर्षमा उत्तर कोरियाले विश्वका सय बढी र्बैकमा ह्याकिंग आक्रमण गरेको छ । ३० देशका बैंकसँग अनलाइन कारोबार गरेको छ । आरजीबीले ६५ करोड अमेरिकी डलर बराबरको रकम बेपत्ता बनाएको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया