अमेरिकामा १७ वर्ष मुनिका आत्महत्या गर्नेको संख्या दोब्बरले बृद्धि

एजेन्सी : वितेको दश वर्षमा १७ मुनिका बालबालिका एवं किशोरकिशोरीमा आत्महत्या गर्ने प्रवृति दोब्बरले बढेको पाइएको छ । आत्महत्या गर्ने वा आफूलाई घाइते बनाउने बालिकहरूलाई अस्पतालमा भर्ना गराइएको संख्याको आधारमा गरिएको अध्ययनले यो पता लागेको हो ।

अध्ययनका लागि ३१ बालबालिकाहरूको अस्पतालबाट डेटा संकलन गरिएको थियो । सन् २००८ यता १७ वर्ष मुनिका यस्ता १ लाख २० हजार बालबालिकाको उपचार गरिएको पाइएको छ ।

सन् २००८मा आत्महत्या गर्ने वा आत्महत्याबारे सोच्ने बालबालिकाहरूको संख्या ०.६७ प्रतिशत रहेको थियो । यो संख्या २०१५मा बढेर १.७९ प्रतिशत हुन पुग्यो । यो संख्या दोब्बर भन्दा धेरै बढी छ । यस मध्ये दुई तिहाईको संख्या छोरी मान्छेको रहेको पाइएको छ ।

अमेरिकामा किशोर किशोरीको मृत्यु हुने धेरै प्रमुख कारणहरूमा आत्महत्या तेस्रो कारण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?