एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एचआईभी र एचपीभीबीचको अन्तर थाहा नभएको माइक्रोसफ्टका संस्थापक बिल गेटसले जनाएका छन् ।
बिल गेटसका अनुसार आफूसँग भएको दुई भेंटमा ट्रम्पले यो अन्तरबारे जान्न पाएका थिए ।एमएसएनबीसीका क्रिस हेयजसँगको अन्तावार्तामा गेटसले यस्तो बताइरहेको सुनिएको देखिएको छ ।
सन् २०१७ मा टम्पसँगको भेटमा यी दुई भाइरसको अन्तर गेट्सले ट्रम्पले बताएका हुन् । ट्रम्पले यी दुई भाइरसका बारेमा जान्न चाहेका थिए । यी दुई भाइरसका बारेमा भएको भ्रम आफूले स्पस्ट पारेको गेटसले भनेका छन् ।
एचपीभीलाई द ह्युमन पापिलोमाभाइरस भनिन्छ । यो एक प्रकारको संक्रमण हो ।मूसाबाट हुने यो संक्रमणले सर्भिकल क्यान्सर गराउन सक्छ । एचआईभीलाई द ह्युमन इमुनोडिफिसियन्सी भाइरस भनिन्छ । यो इमुनोडिफिसियन्सी सिन्ड्रोमबाट हुन्छ । यसलाई एडस पनि भनिन्छ ।
द बिल एन्डा मिलिन्डा गेट्स फाउन्डेशनले सार्वजनिक स्वास्थ्यका लागि लाखौं अमेरिकी डलर बराबरको दान गरेको छ । सन् २०१६मा यो प्रतिष्ठानले १४ करोड अमेरिकी डलरबराबर ग¥यो ।
जनाइए अनुसार ट्रम्पले गेटसलाई ह्वाइट हाउसमा विज्ञान सल्लाहकारको रूपमा नियुक्त गर्न चाहेका थिए ।
स्टाट न्युजले गेटसले ट्रम्पको सो प्रस्ताव अस्विकार गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया