एजेन्सी : चीनले दक्षिण चीन समुद्रमा रहेको विवादित टापूमा पहिलो पटक बमवर्षक विमानलाई अवतरण गराएको छ ।
चीनको वायु सेनाले यो जानकारी सार्वजनिक गरेपछि अमेरिकाले यसको कडा विरोध जनाएको छ । अमेरिकाले चीनको यो हर्कतका कारण त्यसक्षेत्रमा अस्थिरता उत्पन्न हुने जनायो ।
लामो दूरीसम्म मार हान्न सक्ने एच–६के बमवर्षक विमानलाई चीनले सो टापूमा ओरालेको हो ।
समुद्रको यो क्षेत्र व्यापारका लागि एक महत्वपूर्णबाटो हो । यो बाटोमा त्यसक्षेत्रमा सीमा जोडिएका ६ देशले दाबी गरिरहेका छन् ।
यो क्षेत्रमा चीनलले गरिआएको सैनिक अभ्यासले यो क्षेत्र आफ्नो बनाउन खोजेको आरोप लाग्दै आएको छ । बम वर्षक विमान ओरालो पछि यसक्षेत्रमा तनाव उत्पन्न हुन सक्ने देखिन्छ ।
बेइजिंगको प्रतिरक्षा मन्त्रालयले बमवर्षक विमानको अवतरणबारे के खुलाएको छैन तर उसले सामुद्रिक क्षेत्रमा हुन सक्ने आक्रमणको जवाफ दिने प्रशिक्षण कार्य भइरहेको जनायो ।
एच–६केका चालक गे दाकिंगले यो प्रशिक्षणबाट वास्तविक युद्धमा प्रस्तुत गरिने क्षमता अभिवृद्धिलाई बल पुगेको बताए ।दक्षिण चीन समुद्रको क्षत्रमा अमेरिकाले पनि आफ्ना लडाकु जहाजलाई पठाएको छ ।यसबाट तनाव बढने देखिएको विज्ञहरूको बुझाइ छ ।
अमेरिकी प्रतिरक्षा मन्त्रालयले अमेरिका हिन्द प्रशान्त क्षेत्र स्वतन्त्र एवं खुला क्षेत्र रहेकोमा प्रतिवद्धता व्यक्त गर्दछ । यो क्षेत्रमा चीन, भिएतनाम, फिलिपिन्स, ताइवान र मलेसिया लगायतका देशले दाबी गर्दै आएका छन् ।
चीनले यो क्षेत्रमा आफ्नो दाबी रहेको जनाउँदै आएको छ । यो क्षेत्रमा तेल र ग्यासको प्रचुर भण्डारण रहेको छ । यहा माछा मार्ने र पानी जहाजबाट सामान ओहोर दोहोर गर्नेबाटो रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया