सरकारको नीति तथा कार्यक्रमः  ५ वर्षभित्र हालको प्रतिव्यक्ति आय दोब्बर पारिने

काठमाडौं । आगामी ५ वर्षभित्र  नेपालीको  प्रतिव्यक्ति आय दोब्बर बनाइने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  अबको पाँच वर्षभित्र नेपालीको  प्रतिव्यक्ति आय  दोब्बर  बनाइने नीति लिइएको बताइन् । 

यस्तै  १० वर्षभित्र देशको आर्थिक अवस्था मध्यमस्तरमा स्तरोन्नती गरिने लक्ष्य पनि सरकारले लिएको छ ।  दीगो विकासका लक्ष्य हासिल गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?