नेपालगन्ज, २४ असोज – काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया रवीन्द्र पाण्डे रहेका छने भने अर्का एक जना पुरुषको शव सनाखत हुन सकेको छैन ।ना ४ ख ८२५५ नंको बस दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको अहिले कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया