एजेन्सी : ताइवानको लन्चटाइममा खानेकुरामा चामल अवसर विशेषमै खानपाइने गरिन्छ । ताइवानीहरूको खानामा चामलको प्रयाग घटदै गएको छ । विगतको ५० वर्षमा चामलको खपत दुई तिहाइ भन्दा बढीले घटेको पाइएको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन( एफएओ)ले जनाएको छ ।
उनीहरूको खाना थालीमा स्मार्ट अन्न र सुपर फुडहरूले स्थान जमाइसकेका छन् । एसियामा चामलको प्रयोगमा तीखो कमी आएको छ । शहरीकरण, बढदो आम्दानी, जलवायु परिवर्तन र स्वास्थ्य एवं भोजन आपूर्तिप्रतिको चासोले यस्तो अवस्था देखिएको छ ।
यी कारणहरूले जौ र बढी प्रोटिन भएका खानेकुरा भविष्यको खाना थालीमा पर्ने देखिन्छ । चामल स्वास्थ्यकर खानाको रूपमा नभएकाले मानिसहरूले स्वस्थ्यकर खानेकुरामा खर्च गरिरहेका छन् ।
विश्वव्यापीरूपमा चामलको ९० प्रतिशत उत्पादन र उपभोग एसियाली देशहरूमा हुन्छ । विश्वको कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या एसियामै छ ।
ताइवान, जापान,दक्षिण कोरिया र हंगकंगमा चामलको उपभोगमा कमी आएको छ । यहाँ भोजनको शैलीमा आएको परिवर्तनले चामलको उपभोगमा कमी आएको हो ।
सन् १९६१ यता हंगकंगमा चामलको प्रतिव्यक्ति उपभोग ६० प्रतिशतले घटेको छ । चामलको उपभोग करिब ५० प्रतिशतले घटेको छ । दक्षिण कोरियामा चामलको उपभोगमा सन् १९७८ यता ४१ प्रतिशत प्रतिव्यक्ति उपभोग घटेको एफएओको तथ्यांकले जनाएको छ ।
यसको साथै उनीहरूको उपभोगमा माछा , मासु, दुग्धजन्य वस्तु, फलफूल र तरकारीको मात्रा बढेको छ ।
एसियाली देशहरूमा चामल एक्लो महत्वपूर्ण अन्नको रूपमा रहनेछ तर आउने दिनमा यसको वर्चस्व भने रहने छैन् । नयाँ खानेकुराको प्रयोग बढी रहेको बैंककस्थित एफएओका बरिष्ठ अर्थशास्त्री डेभिड डावेले जनाए ।
चामलबाट मात्रै पोसिलो तत्व पाउन नसक्ने भएकाले माछा मासु फलफु र तरकारी खानुपर्छ । दश हजार वर्ष अगाडि चीनको याङत्से नदीको उपत्यकामा चामल पहिलो पटक घरेलु बनेको भनिन्छ ।
एसियामा चामलको उपभोग अधिकांश धनीहरूले गर्छन् ।
सन् १९६०को हरितक्रान्तिको दशकसम्म चामल सबै ठाउँमा पाइँदैन थियो । मलखाद र प्रविधिको प्रयोग गरी यसको उत्पादन बढाइएपछि यो सर्वत्र पुग्न थालेको हो ।
ताइवानको आदिवासी र ग्रामिण क्षेत्रमा जौ प्रमुख उपज रहेका थिए । यसको प्रयोग धार्मिक समारोहमा चामलको भन्दा धेरै थियो ।
भारतमा कुपोषणको एक मुख्य समस्या छ । त्यसैले यहाँ पोषणको तत्व प्रोटिन, फाइबर र साना साना पोषणत्व चामल र गहुँ भन्दा पनि जौमा पाइने गरेको वैज्ञानिक एसके गुप्ताले बताए ।
जौंका उत्पादन कम पानी भएको ठाउँमा र गर्मी हावापानी भएको ठाउँमा सहजै गर्न सकिनेछ । यसका लागि दक्षिण एसिया महत्वपूर्ण ठाउँ हो ।
ऐतिहासिकरूपमा जौ मकै जस्ता अन्न खाने प्रचलन व्यापक थियो । जब मानिसहरू शहरतिर आए उनीहरू चामल र गहुँमा फर्केको गुप्ताको बुझाइ छ ।
चीन र दक्षिण पूर्व एसियालाई देशमा मानिसहरूले बढी प्रोटिन भएको खानेकुरामा ध्यान दिइरहेका छन् ।
फिलिपिन्स चामलको सबै भन्दा ठूलो आयातकर्तामा पर्छ । सरकारले यसको विकल्पको खोजी गरेको छ । एफएओले चामलको विकल्पमा स्मार्ट क्रोप्सहरूको उत्पादनमा ध्यान दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया