एजेन्सी : रोमान अब्रामोभिचलाई बेलायतमा फर्किन लिएको नयाँ भिसा अघि उनले सम्पत्ति कसरी जोडेको बारेमा जानकारी दिनै पर्ने भएको छ ।
चेल्सी फुटबल क्लबका मालिकलाई नयाँ लगानी भिसाको आवदेन गर्न भनिएको छ । पुरानोका समय अवधि समाप्त भएपछि उनलाई यसो भनिएको हो ।
तर नयाँ भिसाका लागि उनले कडा कानुनको पालना गरी उनले जम्मा गरेको सम्पत्ति वैधानिक भएको जनाउनु पर्ने हुन्छ ।
नेशनल क्राइम एजेन्सीले घरानियाँहरूको सम्पत्तिबारे अनुसन्धान गरिरहेका क्रममा उनलाई यसो गर्न भनिएको देखिएको छ ।
मस्कोमा रबर डक बेचेर व्यवसायिक शुरू गरेका अब्रामोभिचले कसरी अर्बपतिसम्मको यात्रा पूरा गरे भन्ने बारे बेलायतको गृह मन्त्रालयले जानकारी खोजेको हो ।
५१ वर्षीय अब्रामोभिच बेलायतका १३ औं धनी मानिस हुन् । उनको सम्पत्ति ९ अर्ब पाउन्ड स्टर्लिंग बराबरको छ । उनको निकटतम सम्बन्ध रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग रहेको बुझिएको छ । उनलाई नयाँ भिसा दिन ढिलाइ गरे वा नदिने निर्णय गरे लन्डन र मस्को बीच थप तनाव उत्पन्न हुने देखिन्छ ।
अब्रामोभिचका लन्डनमा तीन घर छन् । हाल उनलाई लन्डन छिर्न अनुमति प्राप्त छैन् । उनको भिसाको समय समाप्त भएकाले उनलाई नयाँ भिसा लिनुपर्ने भएको छ ।
एफए कप फाइनलमा आइतबार चेल्सीले जित्दा उनी अनुपस्थित रहन प¥यो ।
४० महिनाका लागि दिइएको लगानीकर्ता भिसाको समय बाहिर रहँदा समाप्त भयो ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया