सुन तस्करीको जालो ‘जेरी र सेलरोटी’ जस्तो

काठमाडौं । ‘यो सुन तस्करीको जालो ‘जेरी’ जस्तो छ, सुनको अबैध कारोवार र सनम शाक्य हत्या घटनाको छानविन गर्न गठित समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलले भन्दै थिए–जेरीको घुमाउरो जस्तै घुमेको छ घुमेको छ ।

तर, हामी यसको चिरफार गरी सत्य तथ्य वाहिर ल्याएर नै छोड्छु सुन तस्करीका मुख्य नायके गोरे भन्ने चुडामणि उप्रेतिलाई सार्वजनिक गर्दै उनले थपे–जेरीबाट सेलरोटी निकाल्न गाह्रो भइरहेको छ । आज सुन तस्करीका मुख्य नायक गोरेलाई सार्वजनिक गर्दै पौडेलले अनुसन्धानका विषयमा थप प्रश्न नसोध्न समेत सञ्चारकर्मीलाई आग्रह गरे ।

छानविन समिति गठन हुँदा हामीले घटनालाई सामान्य ढंगले उठान गरेका थियौं तर जति गहिरिएर अनुसन्धान गर्दै गयौं त्यति थप रहस्यमय र शंकास्पद हुदै गएपछि अनुसन्धान घटनाले विशाल रुप लिएको भनाइ उहाँको छ ।

उहाँले गोरेलाई काठमाडौं महानगरपालिका वडा नम्वर–८ गौरीघाटबाट विहान ५.४५ वजे पक्राउ गरिएको बताए । तर, उच्च स्रोतका अनुसार, गोरेलाई केही दिनअघि भारतको सिलगुढीबाट पक्राउ गरी आज विहान काठाडमौं ल्याइ पु¥याइएको हो । उनलाई पक्राउ गर्न छानविन समितिका सदस्य प्रहरी अधिकृतहरु खटाइएका थिए ।
घटनाका मुख्य अभियुक्त पक्राउ परे यसले सुन तस्करी सम्वन्धि घटनाको थप पुष्टि हुने छ समितिका संयोजक पौडेलले भने । गोरेलाई थप कानुनी कारवाहीका लागि आजै ‘प्लेन’ मार्फत विराटनगर पु¥याएको छ ।
सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलनमा हेड क्याप आँखा र माक्सले अनुहार छोपेर सार्वजनिक गरिएका गोरेलाई सञ्चारकर्मीले हेडक्याप निकाल्न आग्रह गर्दा माक्स समेत खोलेर पुरै अनुहार सार्वजनिक गरेका थिए ।
छानविन समितिले गोरे सामान्य सुन तस्करी नभएको प्रष्ट पारेको छ । पक्राउ मुख्य अभियुक्त सुन तस्करीमा हाइप्रोफाइल भएका ब्यक्ति हुन यिनको साटगाँठ र सहकार्यको थप रहस्य खोतल्न जरुरी रहेको बताइएको छ ।
सुन तस्करी घटनालाई टुङ्गोमा पु¥याउन सरकारले छानविन समितिको समयअवधि समेत थप गरेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?