फिल्मका लागि नम्रताको यस्तो लूक्स, क‌पाल काटिन्, तौल घटाइन्

काठमाडौं । प्रायः लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ अवतारमा देखिने भएको छ । हालै पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘जाइरा’ का लागि उनले कपाल समेत काटेकी छिन् ।

फिल्मका उनी मार्सल आर्ट खेलाडीका भूमिकामा देखिनेछिन् । यही फिल्मका लागि उनले लामो समयदेखि अभ्यास पनि गरिरहेको बताएकी छिन् ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नम्रतासहित ‘जाइरा’ टिमले कलाकारलाई प्रस्तुत ग–यो । सबै कलाकार चलचित्रको लूक्समै उपस्थित भएका थिए । फिल्ममा सिर्जना रेग्मीलाई डेब्यु गराइएको छ । फिल्ममा सम्राट मगर कोचका रुपमा देखिएका छन् ।

त्यस्तै फिल्ममा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका छ ।

आउँदो मंसिर १४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । निर्देशकले श्रेष्ठले चलचित्र एक्सन जानरामा निर्माण भएको बताए । नम्रताले फिल्मका लागि आफ्नो तौल पनि घटाएकी थिइन् । ‘नेचुरल देखियोस् भनेर मैले कपाल पनि काटें, तौल घटाएँ र ६ महिना तालिम पनि सिकें ।’, श्रेष्ठले भनिन् ।

साथै उनले पहिलोपटक भिन्दै भूमिकामा अभिनय गर्दा रमाइलो लागेको बताइन् ।

फिल्मको कथालाई निर्देशक आफैले लेखेका हुन् । यसको स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जने लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?