अमेरिकी राष्ट्रपतिका डेढ करोड नकली ट्विटर फलोअर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नकली समाचारको भत्र्सना गर्ने गर्छन् । तर राष्ट्रपति ट्रम्पकका धेरै ट्विटर फलोअर नकली रहेको पाइएको छ ।

ट्विटर इन चीफको एक सर्वेक्षणले ५ करोड २० लाख फलोअरहरू मध्ये एक चौथाई जति वास्तविक मानिस नभएको जनाएको छ ।

२९ प्रतिशत वा करिब डेढ करोड मानिस नकली भएको गलुपले गरेको सर्वेक्षणमा उल्लेख छ । ट्रम्पका वास्तविक फलोअरको संख्या ३ करोड ७० लाख रहेको जनाइएको छ ।

यसैगरी ट्रम्पका पूर्ववर्ती राष्ट्रपति बराक ओबामाका फलोअरहरूमा १५ प्रतिशत नकली फलोअर रहेको पाइएको छ ।बराक ओबामाका कुल फलोअर१० करोड ३० लाख फलोअर रहेका छन् ।

ट्रम्पले समाजिक सञ्चारले आफूलाई इमानदार सन्देश प्राप्त गर्न अशुद्ध सन्देश फाल्न सिकाएको बताएका छन् । तर उनका ट्विट प्रत्यक्षरूपमा पढने ८ प्रतिशत अमेरिकीहरू मात्र छन् ।

ट्रम्पले मूलधारका सञ्चार माध्यमलाई कटु आलोचना गर्ने गरेका छन् । उनले मूलधारका सञ्चार माध्यमलाई नकली समाचार प्रसारण गर्ने गरेको आरोप लगाउाछन् । उनका ट्विटहरूका बारेमा ७६ प्रतिशत मानिस अन्य माध्यमबाट जानकारी लिन्छन् ।

यो अध्ययनबाट ट्रम्पका ट्विट प्रति उनका पार्टी रिपब्लिकन भन्दा डेमोक्रेटसहरूले बढी ध्यान दिने गरेका छन् । डेमोक्रेटसका ५ प्रतिशतले मात्र टम्पलाई पछयाउँछन् । दुई तिहाई जतिले उनको सोचाइबाट जानकारी लिन्छन् ।

यसको विपरीत १५ प्रतिशत रिपब्लिकनहरूले उनलाई फलो गर्छन् ।आधा जतिले उनको पोस्टमा ध्यान दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?