पूर्व अमेरिकी राष्ट्रपति ओबामाले अब सिनेमा बनाउने

एजेन्सी : पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नी मिचेल ओबामासँग मिलेर सिनेमा र टेलिभिजन शो बनाउने भएका छन् । ओबामाको सम्बन्ध अमेरिकी फिल्म उद्योग हलिउडसँग लामो रहिआएको छ । ओबामाले यसका लागि नेटफ्लिक्ससँग सम्झौता समेत गरेका छन् ।

औपचारिकरूपमा यसको जानकारी दिँदै नेटफ्लिक्सले पूर्व प्रथम दम्पत्तिले सिनेमा र टेलिभिजन शृंखलाहरूको उत्पादक बन्ने जनायो । यसका लागि पूर्व प्रथम दम्पत्तिलाई समाजका हरेक क्षेत्रका मानिसहरूले आफ्ना अनुभवहरूको हिस्सेदार बनाउने र उनीहरू त्यस्ता सिनेमा र टेलिभिजन शृंखलाका दर्शक बन्ने जानकारी ओबामाले एक विज्ञप्ति सोमबार जारी गरी जनाए ।

यसरी अनुभवहरूको हिस्सेदार भएपछि मिचेल र म नेटफ्लिक्ससँगको साझेदारीमा काम गर्न साह्रै उत्साही भएको ओबामाले जनाए ।

ओबामा दम्पत्ति नेटफ्लिक्ससँग साझेदारी गर्ने चर्चा यसअघि मार्चमा सार्वजनिक भएको थियो ।

नेटफ्लिक्सका प्रमुख कार्यकारी रीड हास्टिंग्सले विगतमा धेरै डेमोक्रेट उम्मेदवारलाई चन्दा दिएकाछन् । जस अन्तर्गत उनले ओबामा र हिलारी क्लिन्टनको चुनाव अभियानको खर्चमा योगदान दिएका थिए । यो कार्यक्रम  विश्वभर १२ करोड ५० लाख मानिसले हेर्ने प्रसारण कम्पनीको अपेक्षा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?