चीन बुढाहरूको देश बन्ने चिन्ता, जन्मदरको सीमा हटाउने तयारी

एजेन्सी : चीन बूढाहरूको देश बनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई कामदारको अभाव हुन सक्ने चिन्ता बढेर जाँदा त्यहाँका अधिकारीहरूले जन्मदरमा लगाएको सीमा हटाउनुपर्ने योजना बनाइरहेका छन् ।

चीनले एक परिवारले बढीमा दुई जना बच्च जन्माउन पाउने गरी जन्मदरमा सीमा तोकेको छ । जन्मदरमा सीमा तोक्ने नीति चीनको मानवअधिकार विरोधी भएको व्यापक आलोचना हुँदै आएको छ ।

जन्मदरको सीमा हटाउने योजना बनाइरहेका अधिकारीहरू मध्येका एकले जनाए अनुसार करिब ४० वर्ष पुरानो यो नीतिको अन्त्य छिट्टै हुन सक्नेछ । यसको घोषणा सन् २०१९सम्म हुन सक्ने अनुमान गरिएको छ ।

नेशनल फ्यामिली प्लानिंग कमिसनका पूर्व प्रमुख चेन जियानका अनुसार जन्मदरमा लगाइएको सीमा हटाउन ढिलाइ भइसकेको बताए । चीनको आर्थिक सुधार समाजका उपाध्यक्ष रहेका चेनले भने “ जन्मदरको सीमा हटाएपनि चीनको घटदो जन्मदरको प्रवृतिमा खासै प्रभाव पार्दैन् ।”

जन्मदरको सीमा घटाउने समाचारका कारण चीनमा शिशुसँग सम्बन्धित व्यवसायिक कम्पनीका शेयर मूल्य बढेका छन् । चीनमा महिला भन्दा ३ करोड बढी पुरूषहरू बुढो उमेरका छन् । 

सन् २०१५मा चीनले एक शिशु जन्माउनेको सट्टा २ शिशु जन्माउने अनुमति दिएपनि यसले खासै असर नपारेको विज्ञहरूको भनाइ छ । युवा चिनियाँहरूमा बच्चा जन्माउने प्रवृतिमा ह्रास आएकोले दुई शिशुको नीतिले काम नगरेको उनीहरूको बुझाइ छ ।

यसले गर्दा काम गर्ने उमेरका चिनियाँ जनसंख्यामा कमी आइरहेको छ । बुढाहरूको जनसंख्यामा बृद्धि भइरहेको छ ।

ब्युरो अफ नेशनल स्टयाटिस्टिक्सका अनुसार गत वर्षको जन्म ३.५ प्रतिशतले घटयो ।सन् २०२३सम्म एक चौथाई चिनियाँ जनसंख्या ६० वा सो भन्दा माथिको हुनेछ । यो सन् २०१०मा १३ प्रतिशत थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिनले सन् २०३५सम्म आधुनिक चीन बनाउने भनेको योजना यस्तो अवस्थामा पूरा हुन नसक्ने देखिएको छ । सिमित जन्मदरको अवस्थामा पनि शिशुसँग सम्बन्धित वस्तुहरूको बजारको माग बलियो रहेको पाइएको छ ।

चिनियाँ उपभोक्ताले १९.४ अर्ब अमेरिकी डलर बराबरको सामान सन् २०१६को सेप्टेम्बर र अगस्ट सन् २०१बीच खरिद गरेको तथ्यांक छ । यो वार्षिक बृद्धि ११ प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?