ट्रम्प र किम वार्ता ढिला हुने आशंका

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने शिखर वार्तामा ढिलाई हुन सक्ने देखिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो शिखर वार्ता एक धेरै महत्वपूर्ण अवसर हो तर हुन सक्ने नदेखिएको बताए ।

उनले यसका लागि उत्तर कोरियाले शर्त पूरा गर्नुपर्ने  बताएका छन् । उनले भने “ शिखर वार्ताका लागि पूरा गर्नुपर्ने शर्त पूरा नगरिए वार्ता नहुन सक्छ ।”

ट्रम्पले अमेरिका पुगेका दक्षिण कोरियाली राष्ट्रपति मून जाएलाई स्वागत गर्दै यस्तो बताए ।

यसअघि उत्तर कोरियाले आफ्नो परमाणु हातहतियार त्याग गर्न एकतर्फी दबाब दिए ट्रम्पसँग हुने भनिएको शिखर वार्ता खारेज हुन सक्ने बताएको थियो ।

शर्त पूरा गर्नुपर्ने भने पनि ट्रम्पले ती शर्तबारे केही खुलाएका छ्रैनन् । अप्रिलमा उत्तर र दक्षिण कोरियाली राष्ट्रप्रमुख बीच भएको शिखर वार्ता पछि १२ जुनमा टम्प र किमबीच सिंगापुरमा हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?