मुम्बई । विराट कोहली र अनुष्का शर्मालाई बलिउडमा गोल्ड कपल पनि भन्ने गरिन्छ । यो जोडी लगातार चर्चामा छ । यी दुईबीचको प्रेम खुलमखुल्ला छ । विराटले आफ्नी पत्नी अनुष्कालाई कति चाहन्छन्, त्यो पनि खुला नै छ । उनले सधै अनुष्कालाई तारिफ गरिरहेका हुन्छन् ।
हालै विराटले अनुष्काका बारेमा केही कुरा शेयर गरेका छन् । विराटले भनेका छन् कि, अनुष्का अध्यात्मतर्फ पनि लैजान चाहन्छन् । अनुष्का आफ्नो जिन्दगीमा आएपछि कैयन् कुरा उनले बुझ्न थालेको बताएका छन् ।
विराटले भनेका छन्, अनुष्का आध्यात्मिक मान्छे हुन् र त्यसैका कारण आफू पनि त्यही पथमा लागेका छन् ।
आफ्नो जिन्दगी र बच्चाका बारेमा पनि उनले मुख खोले । जसका अनुसार विराट र अनुष्का अभिभावक बन्नका लागि तयार छन् ।
विराटका अनुसार परिवार एकदमै जरुरी छ, त्यसैले अब उनी आफ्नो परिवार पनि चाहन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया