सोनाक्षी सिन्हाले ३५ किलो घटाइन् आफ्नो तौल, तर किन?

मुम्बई । बलिउडकी कलाकार सोनाक्षी सिन्हाले आफ्नो तौल ३५ किलो घटाएकी छिन् । फिल्मका लागि उनले आफ्नाे लूक्स पनि बदलेकी छिन् । उनले इन्टाग्राममा एक तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा उनी स्लिम देखिएकी छिन् ।

के भनिएको छ भने उनी लामो समयदेखि तौल घटाउनतिर लागेकी थिइन् । अब उनी यो नयाँ लूक्समा सलमान खानसँग फिल्म ‘दबंग ३’ मा देखिनेछिन् । तेस्रो दबंगसम्म आइपुग्दा उनी पूरै बदलिएको देखिने भएकी हुन् । 

फिल्मका निर्देशक अरबाजज खान र निर्माता प्रभुदेवाले कन्फर्म गरेका छन् कि, सोनाक्षी नै सलमानको अपोजिटमा देखिनेछिन् दबंगको तेस्रो भागमा पनि । उनले अहिलेसम्म ३५ किलो भन्दा पनि कम तौल बनाएको बताइएको छ ।

तौल घटाउनकै लागि सोनाक्षी सधैजसो जिम जाने गर्छिन् । साथै डाइट पनि समयअनुसार गर्न थालेकी छिन् ।

बलिउको करिअर शुरु गर्ने बेलामा सोनाक्षीको तौल ९० किलोसम्म थियो । उनले सलमान खानको फिल्म ‘दबंग’ का लागि भनेर नै ३० किलो घटाएकी थिइन् । साथै उनले एक अन्तर्वार्तामा सलमान खानको उत्प्रेरणाले वजन घटाएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?