पारपाचुके रोक्न चीनमा डिभोर्स टेस्ट

एजेन्सी : लोग्ने स्वास्नीबीच पारपाचुकेका लागि चीनको पूर्वी प्रान्त जियांगसुले सम्बन्ध विच्छेद परीक्षण गर्ने योजना ल्याएको छ । गत साता सार्वजनिक गरेको डिभोर्स टेस्ट( पारपाचुके) त्यहाँको नागरिक मामिला विभागले ल्याएको हो ।

डिभोर्स टेस्टका लागि विभिन्न सवालहरू समावेश गरिएका छन् । ती मध्ये केही सवालहरू यस प्रकारका छन् ।

तपाई र तपाईको पार्टनरबीच सर्वाधिक उत्कृष्ट स्मृति के हो ? कति पटक तपाईहरू साथसाथ यात्रा गर्नु भयो ? तपाईको पार्टनरको मनपर्ने खाना के हो ? तपाईको सन्तानको मनपर्ने खाजा के हो ?

चीनमा डिभोर्सको संख्यामा बृद्धि भइरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक मापदण्ड मध्ये एक डिभोर्स टेस्ट बनाएको छ ।

यो जाँचमा जुन दम्पत्तिले ६० प्रतिशत भन्दा बढी ल्याउँछन् । उनीहरू सँगै बस्ने सम्भावना हुन्छ । जुन दम्पत्तिको  ६० प्रतिशत भनदा कम हुन्छ उनीहरूबीच पारपाचुकेको सम्भावना बढी हुन्छ ।
विभागका अनुसार दुबै पक्षलाई एक अर्कालाई राम्ररी राम्रा नराम्रा कुरा सम्झन दिने र त्यसका आधारमा निर्णय गर्न दिने हो ।

विगत एक दशक भन्दा बढी समयदेखि चीनमा डिभोर्सको दर बढदै गएको छ ।गत वर्ष ३४ लाख सम्बन्ध विच्छेद भए । चिनियाँ दम्पत्तिमा पारपाचुकेको बृद्धि दर वर्सेनी ८ प्रतिशत रहेको छ । सन् १९९५मा  वर्सेनी १०लाख सम्बन्ध विच्छेदको अवस्थाथियो । १९७९मा  ३ लाख १९ हजार चिनियाँले सम्बन्ध विच्छेदका लागि आवेदन दर्ता गराएका थिए ।

चिनियाँ अधिकारीहरूले सम्बन्ध विच्छेदको बढदो प्रवृतिलाई निरूत्साहित गर्न खोजिरहेकाछन् । यसो हुनुमा चिनियाँ महिलाको बढदो वित्तीय आत्मनिर्भरता र घरेलु हिंसाको असहनीय अवस्थार र गैर वैवाहिक सम्बन्ध रहेका छन् ।

राष्ट्रपति सी जिनपिनले सन् २०१६मा परिवारहरूलाई समाजको कोशिका भनेर टिप्पणी गरेका थिए । साथै उनले सबै चिनियाँले राम्रो पारिवारिक संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने आह्वान गरेका थिए । चीनको सर्वोच्च अदालतले अदालतहरूलाई वैवाहिक सम्बन्ध विच्छेदलाई सम्भव भएसम्म अनुमति नदिएर वैवाहिक सम्बन्ध जोगाउन तिर सोच्न भनेको थियो ।

केही अदालतहरूले सम्बन्ध विच्छेद खोज्न चाहने दम्पत्तिलाई ३ महिना शान्त भएर सोच्ने अवसर उपलब्ध गराउने गरेकाछन् । गुआंगदोंग प्रान्तले दम्पत्तिलाई ध्यान कक्षामा उपस्थित गराउने गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?